२०८२ कार्तिक १८, मंगलवार ११:२७

सुनको भाउ आज घटेको छ ।

सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँ घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News