अपडेट 
२०७७ बैशाख १७, बुधबार १८:२९

बागलुङ । दुई संक्रमित निको भएर घर फर्किएपछि बागलुङमा फेरी स्वास्थ्यकर्मीसहित दुईजनाको स्वाब परीक्षणका लागि पठाइएको छ । धौलागिरी अञ्चल अस्पतालमा कार्यरत डाक्टर र अर्का एकजनामा कोरोना भाइरस (कोभिड १९) को लक्षण देखिएपछि स्वाब संकलन गरिएको हो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले पनि स्वास्थ्यकर्मीको शंकास्पद लक्षणपछि स्वाब परीक्षणका लागि पोखरा पठाइएको पुष्टि गरे । ‘एकजना अस्पतालमै कार्यरत स्वाथ्यकर्मी र अर्को एक जनाको स्वाब परीक्षणका लागि पठाइएको छ, गुरौले भने, ‘यसले हामी सबैलाई झस्काएको छ, जिल्लामा सहज बन्दै गएपनि सबै सचेत हुन जरुरी छ ।’

अस्पतालमै कार्यरत डाक्टरलाई रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि स्वाब संकलन गरी आकस्मिक रुपमा पोखरा पठाइएकोमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

‘डाक्टर सापलाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि अस्पतालमा सबैलाई सन्त्रस्त बनायो,’ गौतमले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि केही राहत महुशुस भएको छ ।’ अर्का प्राइभेट स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको रिपोर्ट भने आउन बाँकी रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News