२०८२ कार्तिक १९, बुधबार १६:१३

पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै फुट्ने गरि कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै कहिल्यै फुट्ने गरि कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताउनुभएको हो ।

अहिलेको कम्युनिष्ट एकता देशको हितमा रहेकाले आफु सहभागी भएको भन्दै उहाले अव हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । उहाले कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोपको श्रृखला अव अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाले जायज माग लिएर आन्दोलनमा उत्रिएका जेनजीहरुको आन्दोलन हाइज्याक भएर हिसांत्मक घटनामा मोडिएको जिकिर गर्नुभयो । देशी विदेशी प्रतिक्रियाबादीले देशलाई ध्वस्त पार्न ठूलो षडयन्त्र गरेको उहाले बताउनुभयो । खनालले देशलाई पुननिर्माण गर्ने ताकत कम्युनिष्टसंग मात्र रहेको जिकिर गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News