मधेश प्रदेशमा सभामुखको राजीनामाको माग भइरहँदा सभामुख रामचन्द्र मण्डलले कुनै पनि हालतमा राजीनामा नदिने जिकिर गरेका छन् ।
सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध महाअभियोग प्रस्ताव आए त्यसको सामना गर्न तयार रहेको बताएका छन् । सभामुख मण्डलले सभामुखलाई महाअभियोग लगाउने विषय सांसदहरूको अधिकार र स्वतन्त्रताको विषय भएको उल्लेख गर्दै आफू त्यसका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे ।
शनिबार प्रदेशसभा बैठक सञ्चालनका क्रममा दलका कार्यकर्ता सरह सदन सञ्चालन गरेको आरोप लागेको समयमा मण्डलले आफू राजीनामा दिने पक्षमा नरहेको स्पष्ट पारे । उनका अनुसार, सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव ल्याउनका लागि सदन सञ्चालनको शैली, आचरण र व्यवहारजस्ता विषयलाई आधार बनाइने भएकाले यदि सांसदहरूले आएर आग्रह गरे भने आफू राजीनामाको विषयमा विचार गर्न सक्ने छन् ।
सभामुख मण्डलले शनिबारको सदनमा देखाइएको आफ्नो व्यवहारलाई मुद्दा बनाएर आलोचना गर्न खोज्नेहरू उल्टै कारबाहीको दायरामा पर्न सक्ने चेतावनीसमेत दिए ।



