२०८२ कार्तिक २६, बुधबार ०७:२१

रौतहटका बामपन्थी नेता रेवन्त झा र राजदेवी नगरपालिकाका मेयर भिखारी यादवले रौतहटलाई बाढी संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन्।

सो मागसहितको ज्ञापन पत्र मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९महाशाखा०का प्रमुख गोबिन्द रिजाललाई बुझाइएको हो।

नेता झा र मेयर यादवले रौतहटका विभिन्न स्थानीय तहमा हरेक वर्ष बाढीका कारण जनजीवन प्रभावित हुँदै आएको भन्दै तत्काल प्रभावकारी राहत, पुनःस्थापना तथा दीर्घकालीन बाढी नियन्त्रण योजना आवश्यक रहेको बताएका छन्।

ज्ञापनमा जिल्लाका बाढीपीडित बासिन्दाहरूका लागि तत्काल राहत वितरण, बाँध मर्मत तथा जोखिमयुक्त बस्ती स्थानान्तरणका कार्य अघि बढाउन समेत माग गरिएको छ।

उनीहरूले बाढीले कृषियोग्य जमिन नष्ट गर्दै स्थानीयको जीवनयापन कठिन बनाएको भन्दै केन्द्र सरकारले रौतहटलाई औपचारिक रूपमा “बाढी संकटग्रस्त जिल्ला” घोषणा गर्न आग्रह गरेका छन्।

Comment


Related News

Latest News

Trending News