२०८२ कार्तिक २६, बुधबार १३:५१

निर्वाचन आयोगले रेशम चौधरी संरक्षक रहनुभएको नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको छ ।

बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केहि दिन अघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो । निवेदनमाथिको प्रक्रिया अघि बढाउदै आयोगले बुधबार नागरिक उन्मुक्ति पार्टी नेपाललाई आधिकारिकता प्रदान गरेको हो ।

आफ्नो दल औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएपछि नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले सिमान्तकृत, आदिवासी जनजाती लगाएत पछाडी परेका समूदायलाई अघि बढाउन नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरिएको जानकारी दिनुभयो । नागरिक उन्मुक्ति पार्टीमा रहदा पछाडी परेका समूदाय अघि बढाउने मूल एजेण्डा प्राथमिकतामा पर्न नसकेका कारण नयाँ दल दर्ता गर्नु परेको उहाले बताउनुभयो । चौधरीले हरेक नागरिकलाई राज्यसंग जोड्नका लागि आगामी निर्वाचनमा पछि परेका समूदायलाई अवसर दिने जिकिर गर्नुभयो ।

उहाले आगामी निर्वाचनमा जनताले आफुहरुलाई विश्वास गर्ने र राम्रो नतिजा ल्याउने दावी गर्नुभयो । नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्षमा कबीर सोप रहनुभएको छ । राजनीतिक दल दर्ता नम्वर २०६ रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको सिनामंगलमा रहने प्रमाणपत्रमा उल्लेख छ ।

Comment

Related News

Latest News

Trending News