२०८२ कार्तिक २७, बिहीबार ०७:१३

नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले मुख्यमन्त्री पदकै लागि सात दलीय गठबन्धन नछाड्ने बताएका छन् ।

मधेशका मुख्यमन्त्री नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको फैसला आएपछि नेपाली कांग्रेस मुख्यमन्त्री पदका लागि आन्दोलनरत सात दलीय गठबन्धनको साथ छाड्ने हल्ला सत्यता नरहेको पूर्वमन्त्रीसमेत रहेका उपसभापति सिंहले स्पष्ट पारे ।



जनकपुरधाममा बुधवार मधेश भवन अगाडि सात दलीय गठबन्धनको आन्दोलनमा सहभागी भएका पूर्वमन्त्री सिंहले संचारकर्मीहरुसंग कुराकानी गर्दै भने, ‘हामी मुख्यमन्त्री पदका लागि होइन तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक र गैरलोकतान्त्रिक तरिकाले मुख्यमन्त्री नियुक्ति गरेको विरोधमा आन्दोलनमा छौँ ।’ उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, संघीयता र संविधानको रक्षार्थ आन्दोलनमा उत्रेका छौँ ।

सर्वोच्च अदालतको फैसला नआउञ्जेलसम्म आन्दोलनलाई निरन्तरता दिने छौँ । अदालतको फैसला आए अनुसार सात दलीय गठबन्धनको निर्णय अनुरुप नै कांग्रेस अघि बढ्छ । अदालतले संविधानको धारा १६८ (२) कार्यान्वयनको बाटो खोल्यो वा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस नेतृत्व लिन तयार भए जुनसुकै बेला राजीनामा दिएर सरकारमा गठनमा सहयोग गर्ने दिएको अभिव्यक्ति अनुसार कांग्रेस सात दलीय गठबन्धनको साथ छोड्नेछ भन्ने शंका उपशंका गरिँदै आएको छ ।

उनले सर्वोच्चको फैसला १६८ (२) कायम गर्ने आएपछि गठबन्धन दलको निर्णय स्वीकार्य गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News