२०८२ कार्तिक २७, बिहीबार ०७:२२

रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष महेश महतो कोइरीविरुद्ध न्यायको माग गर्दै पीडित परिवारले बुधबार जिल्ला प्रहरी कार्यालय गौर अगाडि धर्ना दिएका छन् ।

गत असार ६ गते वडाध्यक्ष कोइरीले चलाएको मोटरसाइकलले १६ वर्षीय स्थानीय किशोर निजर कुशवाहालाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते कुशवाहाको उपचार वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र काठमाण्डुको न्यूरो अस्पतालमा गराइएको थियो । उपचार खर्चका लागि परिवारले पाँच कठ्ठा जग्गा बिक्री गरे पनि वडाध्यक्षले कुनै सहयोग नगरेको पीडितकी आमा समुन देवी कुशवाहाले आरोप लगाइन् ।



उनका अनुसार इलाका प्रहरी मौलापुरमा उजुरी गर्न जाँदा उल्टै गाली गरेर धपाइयो त्यसपछि न्याय माग्न हामी गौर आएका छौँ । मुद्दा दर्ता नहुँदा पीडित परिवार र स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण आन्दोलन गर्दै पीडितलाई न्याय देऊ भन्दै नाराबाजी गरेका थिए । उनीहरूले वडाध्यक्षमाथि कानूनी कारबाही गर्न, पीडितको उपचार खर्च तत्काल उपलब्ध गराउन र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी विष्णुप्रदीप वस्यालले घटनामा गम्भीर घाइते किशोरको अवस्था नाजुक रहेको पुष्टि गर्दै पिडकबाट उपचार खर्च उपलब्ध गराइ न्याय दिलाउने प्रतिवद्धता जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News