२०८२ कार्तिक २७, बिहीबार १६:५४
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता भएको छ ।
पदिय आचरण विपरीत कार्य गरेको आरोप लगाउँदै सभामुख महाअभियोग दर्ता भएको छ । ७ दलका ७४ सांसदले महाभियोग दर्ता गराएका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेकपा एस, जनमत पार्टी र नेकपा माओवादी केन्द्रका सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग लगाएका छन् ।

निवर्तमान मुख्मयन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने समय उत्पन्न विवादलाई लिएर ७ दलले महाभियोग लगाएका छन् ।

