२०८२ कार्तिक २९, शनिबार ०७:२८

सरकार गठन संवैधानिक नरहेको भन्दै आन्दोलनरत मधेश प्रदेशका सात दलीय गठबन्धनले मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसित भेटघाट गरेका छन् ।

मधेश भवनस्थित प्रदेश प्रमुखको सरकारी निवासमा शुक्रबार सात दलीय गठबन्धनका नेताहरुले सभामुख रामचन्द्र मण्डलको पदीय आचरण विपरीतका गतिविधिबारे गुनासो गरेका छन् ।

प्रदेश प्रमुख लाभसंगको भेटघाटमा उपस्थित जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले सभामुख मण्डलले पद अनुकूलको आचरण नगरेको असन्तुष्टि पोखे । त्यही कारण बिहीबार प्रस्ताव पेस गर्न पुगेका सात दलका सांसदमाथि मण्डलले हातपात र दुव्र्यवहार गरेको जानकारी प्रदेश प्रमुखलाई गराइएको उनले बताए ।

प्रदेश प्रमुख कर्णसित पूर्व मुख्यमन्त्री सरोजकुमार यादव (बारा), निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल, कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलगायत सात दलका सांसदले भेटघाट गरेका छन् । प्रदेश प्रमुखका नियुक्त भएका लाभ बिहीबार जनकपुरधाम आएर कार्यभार सम्हालेका छन् । राजनीतिक दलका प्रतिनिधिसित उनले मधेशमा देखिएको राजनीति गतिरोधबारे परामर्श थालेका छन् ।

Comment


Related News

Latest News

Trending News