२०८२ कार्तिक २९, शनिबार १७:०३

आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष पूर्व मन्त्री प्रभु साहले देशमा चरम रूपमा फैलिएको भ्रष्टाचारको अन्त्य अब जनताकै हातमा पुगेको बताएका छन्।

गृहनगर रौतहटको मौलापुर नगरपालिका–७ पिपरिया धारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै साहले मतपत्रलाई नै भ्रष्ट नेताहरू विरुद्धको “सबैभन्दा प्रभावकारी हतियार”को रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। साहले वर्तमान राजनीतिक नेतृत्वले विकास, सुशासन र समृद्धिको आशामा पटक–पटक धक्का दिएको आरोप लगाउँदै भने, “जनतासँग सबैभन्दा ठूलो शक्ति मतपत्र हो। यही मतपत्रले देशलाई दुर्गतिको बाटोमा लैजाने नेताहरूलाई हटाउन सक्छ। अब नाराले होइन, बाइलेटले नै कारबाही गर्ने हो।”

उनका अनुसार भ्रष्टाचार उन्मूलनका लागि जनस्तरमै राजनीतिक चेतना, सक्रियता र साहस विकास हुनु आजको प्रमुख आवश्यकता हो।
“देश अगाडि बढ्न नेताको स्वार्थ होइन, जनताको चाहना मुख्य हुनुपर्छ,” साहले स्पष्ट गरे, “त्यसका लागि इमानदार, स्वच्छ र देशहितमा प्रतिवद्ध नेतृत्वको चयन गर्न जनता आत्मविश्वासी बन्नुपर्छ।”

अध्यक्ष साहले भ्रष्टाचारविरुद्धका अभियान, सभा–रैली वा आन्दोलन मात्र पर्याप्त नभएको बताउँदै प्रत्यक्ष रूपमा निर्वाचन प्रक्रियामार्फतै जनताले कडा निर्णय गर्नुपर्नेमा जोड दिए। उनका अनुसार मतपत्रबाट जनताले गर्ने निर्णय नै देशको भविष्य तय गर्ने निर्णायक मोड हो।

समारोहको अन्त्यमा साहले देशभरका मतदातालाई आगामी चुनावमा जिम्मेवार, सचेत र राष्ट्रहितमुखी मतदान गरेर भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेतृत्व चयन गर्न आह्वान गरेका थिए।

Comment


Related News

Latest News

Trending News