२०८२ कार्तिक २९, शनिबार १८:३३

मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन्।

आजका लागि बोलाइएको बैठकमा जसपा नेपाल, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले  बहिस्कार गरेका छन् ।

गठबन्धन दलहरूले असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ लिएका वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव बैठकमा सहभागी रहेका कारण बहिष्कार गर्नुपरेको बताएका छन्। जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार, ‘असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ खाएका मुख्यमन्त्री बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको हो।’

प्रदेश प्रमुख डा. लाभले मधेसमा चुलिएको राजनीतिक सङ्कट समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका थिए।

Comment


Related News

Latest News

Trending News