२०८२ कार्तिक ३०, आईतवार ०७:२८

हरिहरक्षेत्र मिथिला चौर ासी कोष परिक्रमा टोलीलाई जनकपुरधाम भव्य स्वागत गरिएको छ ।

शनिबार साँझ जनकपुरधामको जानकी मन्दिर आईपुगेका परिक्रमा टोलीलाई महोत्तरीको भिट्टामोड सिमानाकादेखि जनकपुरधामसम्म भव्य स्वागत गरिएको छ । जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले परिक्रमा टोलीलाई स्वागत गर्नुका साथै जानकी मन्दिरमा दर्शन गराएर प्रसाद ग्रहण गराइएको छ । परिक्रमा टोलीमा भारतका प्रख्यात सन्त मौनी बाबा पनि सहभागी रहेका छन् ।

परिक्रमा टोली आज भारत बिहारको दरभंगाका लागि प्रस्थान गर्ने भने त्यसपछि अहिल्यास्थान, पातरपुर, सिमरिया र विशौल हुँदै पुनः हाजीपुर पुगेर एक दिने विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न हुने छ ।

सो परिक्रमा टोली नेपाल भारत मिथिला क्षेत्रका १२ सयभन्दा बढी साधुसन्त, धर्मगुरु सहित श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको छ ।

Comment


Related News

Latest News

Trending News