२०८२ कार्तिक ३०, आईतवार १६:००
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खानले पार्टी परित्याग गरेका छन्।
खान पुनः उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमा फर्किएका हुन्।
राई नेतृत्वको जसपाले नव गठिन नेपाली कम्युनिस्ट पार्टीसँग एकताको लागि छलफल अघि बढाइरहँदा सो पार्टीका युवा नेताले पार्टी छाडेका हुन्।
शनिबार भैरहवामा आयोजित जसपा नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा खानलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मालगायतले स्वागत गरेका छन्।
कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष अप्सरा नायकसहितका नेता कार्यकर्ता पनि यादव नेतृत्वको जसपामा प्रवेश गरेका छन्।


