२०८२ मंसिर १, सोमबार ०७:२१

सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा मासमदिरा बिक्री वितरण रोक लगाइएको छ ।

सीताराम विवाहपञ्चमी महोत्सवलाई सुरक्षित र भव्य तथा मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ । मंसिर ७ गते राति १२ बजेदेखि मंसिर १० गते राति १२ बजेसम्म जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र र परिक्रमा सडकको दायाँ–बायाँ क्षेत्रमा मदिरा बिक्री– वितरण, पशुपंक्षी मारकाट, माछा र मासु बिक्री–वितरण, उत्पादन तथा अन्य नसालु पदार्थको सेवन पूर्णरूपमा निषेध गरिएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालका अनुसार यस सूचना विपरित उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News