२०८२ मंसिर २, मंगलवार १२:०९

जनकपुरधाममा नेकपा एमालेका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

‘संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ’ भन्ने नारासहित जनकपुरको जनकचोक मन्दिर परिसरमा उनीहरुले धर्ना दिएका छन् । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई काम काम गर्न अवरोध गरिएको भन्दै उनीहरुले त्यसको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले मुख्यमन्त्री यादवलाई काम गर्ने वातावरण बनाईदिनु पर्ने भन्दै प्रदर्शन गरेका छन् ।

यता सात राजनीतिक दलहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।

Comment


Related News