२०८२ मंसिर २, मंगलवार १५:४८

मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले मधेश प्रदेश सभाका उपसभामुख बबिता राउत ईसरलाई पत्र बुझाएका छन् ।सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुको टोलीले उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठका आह्वान गर्न माग गरेका हुन् ।

विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित उपसभामुख बबिता राउत समक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधबार आह्वान गर्न माग गरे ।

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रकृया अगाडी बढाउने उद्देश्यका साथ ३२ जना प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिए । उनले सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रकृया अगाडी बढाउनकालागि आफूहरुले प्रदेशसभा बैठक बोलाउन माग गरेको बताए ।

प्रदेशसभा बैठक आह्वान गर्ने माग मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्र रहेका छन् ।

Comment


Related News