अशोक नेतृत्वको जनता समाजवादी पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संग एकता गर्नका लागि भएको वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
तर जसपाका महासचिव इस्तियाक राई र उपमहासचिव प्रदीप यादवको व्यापक असन्तुष्टिका वावजुद बुधबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्ता सकारात्मक मोडमा अघि बढेको बताइएको छ । वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, बेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी थिए भने जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव , रणध्वज कन्दङ् वा, परशुराम बस्नेतलगायत सहभागी रहेका थिए ।
सो बैठकको क्रममा उपाध्यक्ष रेणु यादव र महासचिव इस्तियाक राईलगायतका नेताहरु सहभागी भए पनि मधेश केन्द्रित दलसंग एकता गर्न अध्यक्ष अशोक राईलाई दबाब दिइरहेका छन् । तर नेकपासंग एकता प्रक्रिया अन्तिम चरणमा पुगेपछि जसपा विभाजनको संघारमा पुगेको छ ।
विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको नेकपा कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । जसपाभित्रका एक समूहका नेताहरू मधेस केन्द्रित दलसँग एकता गर्नुपर्नेमा जोड दिएका छन् भने अर्का समूहका नेताहरू नेकपासंग एकता वा सहकार्यका पक्षमा खुलेर लागेका छन् ।
अध्यक्ष अशोक राई, नेता राजेन्द्र श्रेष्ठ तथा कार्यकारिणी सदस्य पशुराम बस्नेत नेकपासँग एकता वा गहिरो सहकार्यतर्फ झुकाव राख्दै आएको बताइएको छ । मधेसी नेताहरू मधेस केन्द्रित दलहरूसँग एकता पक्षमा महासचिव इस्तियाक राई, उपमहासचिव प्रदीप यादवलगायतका मधेसी नेताहरू भने मधेस केन्द्रित दलहरूसँग एकता वा मोर्चाबन्दी गर्नु नै पार्टीको मूल लक्ष्यसँग मेल खाने बताउँदै आएका छन् ।
जसपाका उपमहासचिव प्रदीप यादवले पहिचान र मधेसका मुद्दामा राजनीति गरेको पार्टीले विचार नमिल्ने दलसँग एकता गर्न नसकिने बताए । नेकपा, कांग्रेस र एमालेप्रति आदिवासी जनजाति तथा मधेसी समुदायका मुद्दामा सकारात्मकता नदेखिएको उनको आरोप छ । पद लोलुप्ताकै कारण २०८१ वैशाखमा अशोक राई नेतृत्वमा जसपा नेपालबाट अलग भई बनेको जसपामा केन्द्रियतहकै नेताको मत बाझाबाझ भएपछि पार्टी पुनः फुटको संघारमा पुगेको राजनीतिक विश्लेषकहरुको भनाई छ । यता जसपा फुटेको घटनालाई गैरकानुनी भन्दै जसपा नेपालले दायर गरेको दुई वटा रिट दुई वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छन्


