शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिरसमेत गरे। उनले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गरे जसले गर्दा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताए। उनले १ सय २५ वटा पार्टीहरुसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले कांग्रेस, एमालेजस्ता पार्टीहरुलाई अपमान गरेको भन्दै आपत्ति जनाए।
उनले भने, ‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु। शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता ल्याउनुस्। अपराधीहरुलाई नियन्त्रणमा ल्याउनुस्। निर्वाचनयोग्य वातावरण बनाउनुस्। धेरै व्याख्या गर्न चाहन्न। गराउनुस्। त्यो तपाईंले सक्नु हुन्न। तपाईंको त्यो मनसाय पनि देखिँदैन।’


