२०८२ मंसिर ५, शुक्रबार १९:२८

सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन्न भएको छ । महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो ।

भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासँग भेट गराई फूलबारी लिला मनाइन्छ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्‍न जाँदा सखीसहेलीसँगै फूल टिप्‍न गएकी सीतासँग पहिलो पटक भेट भएको बाल्मिकी रामायणमा उल्लेख छ।

त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ।

Comment

Related News

Latest News

Trending News