अपडेट 
२०७७ बैशाख १८, बिहीबार १०:०४

जनकपुरधाम । एसइइ दिने विद्यार्थीहरुको लागि अनलाईन माध्यमबाट तयारी कक्षा सुरु गरिएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित कुमहरौडामा अवस्थित लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा अनलाईन कक्षा तयारी कक्षा सुरु भएको हो । कोरोना भाइरसको संक्रासको बेला प्रभावित भएको एसइइ दिने परिक्षार्थीहरुलाई लकडाउनको अवस्थामा घरबाटै विषयगत समस्याहरु समाधान गर्नुको निम्ति अनालईन कक्षा संचालन गरिएको विद्यालयका लेखापा पुरुषोत्तम कुमार यादव(सुदिप)ले जानकारी दिएका छन् ।

लेखापाल यादवका अनुसार यी अनलाईन प्रविधिबाट तयारी कक्षा सुरु गरिएको सम्भवतः यो पहिलो विद्यालय समेत हुनसक्ने दाबी छ।

विद्यालयले विद्यार्थीहरुको सहजताको लागि विभिन्न ७ विषयका विषयगत शिक्षकहरुको नाम र सम्पर्क नम्बर सहितको एक सूचना जारी गरेका छन् । जारी गरिएको सो सूचनामा विद्यालयको फेसबुक आईडी लक्ष्मीनिया मा.वि.कुम्हरौडा मा रेक्वेष्ट पठाई आवद्ध हुन समेत आग्रह गरेका छन् ।
त्यसैगरी सूचनामा विद्यार्थीहरुलाई नेपाल टेलिभिजनबाट प्रत्येक दिन ११ बजेदेखि संचालन हुने एसइइ तयारी कक्षा अनिवार्य हेर्न समेत भनिएको छ ।

अनलाईन कक्षाको अन्य केही जानकारी लिनुपरे विद्यालयका लेखापाल पुरुषेत्तम कुमार यादव(सुदिप)लाई ९८०७८९८४४० मा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ । अनलाईन कक्षा संचालन बैशाख १८ गते बिहन ८ः०० बजेदेखि ११ बजेसम्म तथा दिउँसो २ः०० बजेदेखि ६ः०० बजेसम्म हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News