२०८२ मंसिर ५, शुक्रबार २०:५६

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय नक्साल झिकाइएको छ। बुधबारदेखि बाराको सिमरामा भएको घटनालाई लिएर तामाङलाई काठमाडौँ तानिएको हो।

बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ।

धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रहरी कार्यालय पठाइएको छ। धादिङमा एसपी सुमीत खड्कालाई खटाइएको छ।

बारामा जेनजीको प्रदर्शनमा नेकपा एमालेका नेता कार्यकर्ताले आक्रमण गरेका थिए। त्यसपछि लगातार सिमरा क्षेत्र अशान्त छ।

Comment


Related News

Latest News

Trending News