मधेश केन्द्रित दलले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा तालमेल गर्ने भएको छ ।
संघीय लोकतान्त्रिक मोर्चाका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पनि मोर्चामा रहेका घटक दलहरूबीच तालमेल हुने मोर्चाको बसेको बैठकले निर्णय गरेको जनाइएको छ ।
उक्त मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा वृषेशचन्द्र लाल नेतृत्वको जनता प्रगतिशील पार्टी रहेका छन् ।
मोर्चाले भयरहित, स्वच्छ, निष्पक्ष तथा शान्त वातावरणमा सम्पन्न हुने वातावरण बनाउन पनि सरकारसंग माग गरेको छ । उक्त मोर्चामा जनमत पार्टी रहे पनि पछिल्लो समय बैठकमा अनुपस्थित रहँदै आएको छ ।




