२०८२ मंसिर १०, बुधबार १७:१०
नेकपा (एमाले)ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ ।
‘असंवैधानिक’ रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेले मंगलबार सर्वोच्चमा रिट निवेदन पेस गरेको थियो ।
बुधबार रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । रिटको पेसी यही मंसिर १७ गतेका लागि तोकिएको उनले जानकारी दिए ।



