२०८२ मंसिर ११, बिहीबार ०७:४३

मुलुकको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिका बारेमा चिन्ता व्यक्त सहित विभिन्न माग अघि सार्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ ।

जसपा नेपालले मुलुकमा उत्पन्न अन्योलपूर्ण परिस्थितिको समाधानका लागि २३ बुँदे मागसहित धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा जसपाले संविधान संशोधन र पुनर्लेखनको माग गर्दै मुलुकमा वास्तविक संघीयता लागु गर्न र सामाजिक न्याय सुनिश्चित गर्न आग्रह गरेको छ ।

आगामी समयमा मुलुकका लागि न्यायपूर्ण, समावेशी र समानुपातिक प्रतिनिधित्वको आवश्यकता र सबै समुदायको अधिकारलाई सुनिश्चित, दलित, आदिवासी जनजाति, मुस्लिम, महिला र अन्य उत्पीडित समुदायहरूका लागि संविधानमा विशेष व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ । राष्ट्रिय समस्याहरूको समाधानका लागि संविधानमा संशोधन गरिनु आवश्यक रहेको जनाउंदै त्यसले राष्ट्रिय र जातीय पहिचानको सम्मान गर्ने गरी राज्य पुनर्संरचना गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

यस्तै प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाइ संघीय संरचनामा सुधार ल्याउनुपर्ने ठहर छ । समान जनसङ्ख्यामा आधारित निर्वाचन क्षेत्र निर्धारण गर्न र हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि गरेका छन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने कुरामा जोड दिदैं आर्थिक, सामाजिक र राजनीतिक रूपले बञ्चित समुदायहरूलाई मुख्यधारमा ल्याउन, शिक्षा र स्वास्थ्य सेवामा माफियाकरणको अन्त्य र सबै नागरिकलाई समान अवसर उपलब्ध गराउनु पर्ने माग गरेको हो ।

आदिवासी जनजातिलाई विशेष अधिकार र सुरक्षाको प्रत्याभूतिसहित संविधानमा त्यसको स्पष्ट व्यवस्था, कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गर्न र किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन सरकारलाई दबाब, बेरोजगार युवाका लागि रोजगारीको व्यवस्था र युवाहरूको स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने माग गरेको छ ।

जसपा नेपालले ज्ञापनपत्र मार्फत विगतका सरकारहरूको भ्रष्टाचार र खराब शासकीय प्रथालाई कडा आलोचना गर्दै भ्रष्टाचारका काण्डहरूमा छानबिन र दोषीमाथि कडा कारवाही गर्नुपर्ने सहित नेपालका विभिन्न तहका सरकारहरूलाई बलियो र प्रभावकारी बनाउन, उनीहरूको कार्यक्षेत्रमा विविधता र समावेशिता ल्याउनका लागि ठोस कदम चाल्नुपर्ने माग गरेका छन् ।

जसपा नेपालले पछिल्लो पटक गरेको केन्द्रिय अनुसार धनुषासहित प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई सो २३ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

Comment


Related News

Latest News

Trending News