२०८२ मंसिर ११, बिहीबार ०७:५१
विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा ३५ जोडीको सामूहिक विवाह भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १३ स्थित मनिमण्डपमा विश्व हिन्दु परिषद्को आयोजनामा प्रत्येक वर्ष झै यसवर्ष पनि सामूहिक विवाह सम्पन्न गरिएको हो । साँझ एकै मञ्चमा ३५ जोडीको स्वयम्वर सम्पन्न भएको जनाइएको छ ।
उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष जितबहादुर राउतका अनुसार विवाहको सम्पूर्ण खर्च विश्व हिन्दु परिषद्ले र स्थानीयलेले ब्योहोर्ने गरि सामूहिक विवाह आयोजन गरिएको हो ।
प्रत्येक जोडीको विवाह विधको लागि बेग्लै मरवा समेत तयार गरिएको थियो । सबै जोडीको विवाहको खर्च लत्ता कपडा कोसेली परिषदले व्यवस्थापन गरेको थियो भने विवाहका लागि आएका मध्ये एक जोडीलाई एक सयजनाको खानाको व्यवस्था समेत गरिएको थियो ।



