२०८२ मंसिर १६, मंगलवार ०७:०४

जनकपुर उपमहानगरपालिका २३ स्थित सीताशरण होटल नजिक रहेको सुनिल शर्माको बस ग्यारेजमा एक पुरुष मृत अवस्थामा फेला परेको छ ।

गत चारदिनदेखि ग्यारेजमा मरम्मतका लागि राखिएका ना ४ ख ३८९१ नम्बरको न्यु रघुकुल यात्रुवाहक बसमा शव रहेको हल्ला भएपछि जिरोमाइल प्रहरी चौकीबाट खटिगएको प्रहरी टोलीले सो शव फेला पारेको हो ।

शव फेला परेका व्यक्ति सोही बसका सहचालक (खलासी) धनुषाधाम नगरपालिका–७, किसानपुरका ४५ वर्षका मदन कुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बहादुर बमले जनाएका छन् । उनका अनुसार बस चालक साइडको क्याबिन सिटमा मदनको शव फेला परेको हो । उनले भने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेर शव नियन्त्रणमा लिएका थिए । घटनास्थल जिरोमाइल प्रहरी चौकीबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ ।

थापाको मृत्युको कारण, घटनाको प्रकृति तथा सम्भावित संलग्नताबारे प्रहरीले थप अनुसन्धान जारी डिएसपी बमले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News