अपडेट 
२०७७ बैशाख १८, बिहीबार १७:०४

काठमाडौं। कोरोना विश्वव्यापी महामारीको कारण नेपालमा एक महिना भन्दा बढीको लकडाउनले गर्दा श्रमिक, अति विपन्न, दलित, अभावमा रहेका तथा पहुंच नभएका परिवारहरु भोकमरीको शिकार भई रहेका छन् ।


त्यसमा पनि पोषणको बढी आवश्यकता रहेका समुहहरु गर्भवती महिला, सुत्केरी महिला, स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालबालिका र किशोरीहरु झनै बढी जोखिममा रहेका छन् ।


तसर्थ, लकडाउनले गर्दा खाधान्न अभाव उत्पन्न भएको अति विपन्न परिवारका उक्त पांच वटा लाभान्वित समुहलाई कुपोषण हुनबाट बचाउन भोरले विषेश पोषण सप्लिेमेन्टल प्याकेजको योजना अगाडी ल्याएको छ ।


यो विषेश पोषण सप्लिमेन्टल प्याकेज विषेशतः गर्भवती महिला, सुत्केरी महिला, स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालबालिका र किशोरीहरुलाई कुपोषणबाट बचाउन तयार गरीएको हो ।
तसर्थ, अति विपन्न परिवारका उक्त ५ वटा लाभान्वित समुहलाई यो पोषण सप्लिेमेन्टल प्याकेज प्रदान गरिने छ । यो विषेश पोषण सप्लिेमेन्टल प्याकेजको शुरुवात नेपालको सात वटै प्रदेशको एउटा स्थानीय तहको एउटा वडा बाट गरिनेछ । तत्पश्चात श्रोतको उपलब्धता र सहयोग प्राप्तीको आधारमा यसलाई बिस्तार गरिनेछ ।


साथै, देशका ७५३ वटा स्थानीय सरकार, ७ वटा प्रदेश सरकार तथा १ वटा संघीय सरकार र विकासका साझेदार संस्था, नीजि क्षेत्र, संचार क्षेत्र, कला क्षेत्र, नागरीक समाज र समाजसेवीलाई पनि उक्त प्याकेजलाई सोही रुपमा वा परिमार्जीत रुपमा थप बिस्तार गर्न पैरवी तथा प्राविधिक सहयोग गरिनेछ ।


यस विषेश पोषण सप्लिमेन्टल प्याकेजमा तपसिल बमोजिमका १६ प्रकारका सामाग्रीहरु समावेश गरीएको छ ।


१. चामल (ब्राउन राइस, बिना पोलिसको उपलब्ध भएसम्म) २. मुगको दाल (उपलब्ध भएसम्म)
३. सरसोको शुद्ध तेल ४. ज्वानो
५. गेडागुडी वा क्वांटी ६. सर्वोत्तम पिठो बनाउने खाध्य सामाग्री
७. अण्डा (मांसाहारीको लागि मात्र) ८. हरियो तरकारी तथा सागपात
९. फलफुल – स्थानीयरुपमा उपलब्ध १०. आयोडिन भएको नुन
११. भिटामिन ए क्याप्सुल १२. अलबेन्डाजोल ट्याब्लेट
१३. स्यानिटरी प्याड १४. आइरन चक्कि
१५. कण्डम १६. म्यूयाक टेप
विषेश पोषण सप्लिमेन्टल प्याकेजका १६ सामाग्रीहरुलाई गर्भवती महिला, सुत्केरी महिला, स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालबालिका र किशोरी गरी पांच समुहमा वर्गीकरण गरी तपसिल बमोजिमको प्याकेज र प्रति व्यक्ति परिमाण तय गरिएकोछ । हाललाई यो विषेश पोषण सप्लिमेन्टल प्याकेज प्रत्येक लाभान्वित समुहलाई अगामी लकडाउनसम्म पुग्ने गरी १० दिनकोलागि प्रदान गरिनेछ ।
यो विषेश पोषण सप्लिमेन्टल प्याकेज प्रदान गर्दा अति विपन्न तथा अभावमा

रहेका परिवार पहिचान गरी प्रत्येक लाभान्वित समुहलाई प्रति व्यक्तिको आधारमा वितरण गरिनेछ । यो प्याकेज वितरण गर्दा तपसिल बमोजिमका आधारहरुलाई अनिवार्य रुपमा पालन गर्नु पर्ने हुन्छ ।
१. सम्बन्धित स्थानीय सरकार सित समन्वय र अनुमति लिएर मात्र यसको वितरण गरिनु पर्ने हुन्छ । वितरण गर्दा सम्बन्धित वडा कार्यालयका अध्यक्षको अनिवार्य उपस्थिती मिलाउनु पर्ने हुन्छ ।
२. सम्बन्धित वडाका महिला स्वास्थ्य स्वंय सेविकाको समन्वय तथा संलग्नतामा माथि उल्लेख गरीएका पांच लाभान्वित समुह (गर्भवती महिला, सुत्केरी महिला, स्तनपान गराउने आमा, पांच वर्ष मुनिका बालबालिका र किशोरी) को पहिचान गर्न सकिनेछ । साथै स्थानीय सरकारका वडा अध्यक्ष, वडा सदस्य, नागरीक समाज, संचारकर्मी तथा युवाहरुको संलग्नतामा उक्त लाभान्वित समुह पहिचान गर्न सकिनेछ ।
३. प्याकेज वितरण गर्दा अति विपन्न तथा अभावमा रहेका परिवारलाई प्राथमिकता र अनिवार्यता गरिनेछ ।
४. प्याकेज वितरण गर्दा स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरु खरिद गरी स्थानीय मनकारी व्यक्ति वा संघ संस्थाको संयोजन, सहजीकरण तथा व्यवस्थापनमा वितरण गर्नु पर्ने आवश्यकता रहेकोले स्थानीय स्तरमा उपलब्धताको आधारमा प्याकेजको सामाग्री परिमार्जन हुन सक्छ । तर प्याकेजको सामाग्रीहरुको गुणस्तरमा कुनै पनि हालतमा समझौता गर्न मिल्दैन ।
५. यो विषेश प्याकेज वितरण गर्नु भन्दा पहिले स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाहरुको समन्वयमा प्याकेज वितरण गरिने लाभान्वित समुहको विस्तृत विवरण सहितको लिस्ट तयार गरिनु पर्नेछ । उक्त लिस्ट वितरण गर्नु अगाडी स्थानीय सरकारको स्वीकृत स्वरुप हस्ताक्षर गराई भोरलाई जानकारी गराईनु पर्ने हुन्छ ।
६. प्याकेज वितरण गर्दा प्याकेज प्राप्त गर्ने व्यक्तिको भरपाई (हस्ताक्षर वा औठा छाप) अनिवार्य रुपमा गराउनु पर्ने हुन्छ । साथै वितरण गरिएको केही गुणस्तरीय फोटो तथा केही भिडियो क्लिपहरु पनि लिनु पर्ने हुन्छ । उक्त भरपाई, फोटो र भिडियो क्लिपहरु भोरलाई उपलब्ध गराउनु पर्ने हुन्छ ।
७. प्याकेज वितरण सम्बन्धि जानकारी स्थानीय तथा राष्ट्रिय अन्तरराष्ट्रिय संचार माध्यम तथा सामाजिक संजालमा सम्प्रेशन गरिनेछ जसले थप श्रोत संकलनमा मदत पुग्ने छ । साथै यसले वितरणको पारदर्शिता पनि प्रस्तुत गर्नेछ ।
यस विषेश पोषण सप्लिमेन्टल प्याकेज वितरणको संयोजन तथा व्यवस्थापन तपसिल बमोजिमका संस्था तथा व्यक्तिहरुको संयूक्त सहकार्यमा हुनेछ । सात प्रदेश, सात पालिका र सात संयोजन तथा व्यवस्थापन फोकल प्वाइन्ट
प्रदेश १ः विराटनगर महानगरपालिका (दहेज मुक्त मिथिला, वन्दना चौधरी)
प्रदेश २ः चन्द्रनगर गांउपालिका (एसडिजि मोडेल भिलेज, उमेश कुमार साह)
बागमती प्रदेश : हेटौडा उपमहानगरपालिका (परोपकारी युवा संजाल, रमेश सापकोटा)
गण्डकी प्रदेश : पोखरा महानगरपालिका (सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, रवि मोहन भण्डारी)
प्रदेश ५ः बाणगंगा नगरपालिका (किडस नेपाल, विनिता पोखरेल)
कर्णाली प्रदेश : बिरेन्द्रनगर नगरपालिका (सरोकार समाज नेपाल, तिलक पौडेल)
सुदूरपश्चिम प्रदेश : धनगढी उपमहानगरपालिका (पश्चिम टुडे दैनिक, दीर्घराज उपाध्याय)

Comment


Related News

Latest News

Trending News