२०८२ मंसिर १६, मंगलवार १७:११

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २१ गतेदेखि सुरु हुने भएको छ ।

निर्वाचन कार्यक्रम अनुसार समानुपातीक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्राप्त भएका निवेदन उपर अध्ययन गरि मंसिर २६ गतेसम्म स्वीकृत गरिने उहाले बताउनुभयो ।

त्यसैगरि आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ भने माघ ४ गते प्रारम्भीक सूची प्रकाशित गरिने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाले प्रारम्भीक सूची उपर दावी विरोध र उजुरीको छानविन गरि माघ २० गते उम्मेदवारहरुको बन्द सूची अन्तिम प्रकाशन गरिने बताउनुभयो ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ । प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयनको गर्ने कार्यतालिका रहेको छ ।

Comment


Related News

Latest News

Trending News