२०८२ मंसिर १७, बुधबार ०७:२१
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठकमा विपक्षी दलका सांसदहरु रमिता हेर्ने भएका छन् ।
बैठक साढे ८ बजे बिहान बोलाइएको छ । विपक्षी सात दली गठबन्धनका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिएको छ ।
उनीहरु सबै जना उपस्थितिमा हाजिर गर्ने छन् । तर मुख्यमन्त्री यादवले बैठकमा धारणा राख्नु अगावै विपक्षी दलका सांसदहरु बाहिर जाने स्रोतले जनाएका छन् ।
बैठकमा विपक्षी दलका सांसदहरु अनुपस्थित भएपछि एमालेका सांसदहरु लगायत राप्रपाले कारबाही गरेको सांसद कञ्चन बिच्छा लगायतको मात्र उपस्थिति रहने छ ।
सभामुखबाट पदमुक्त भएपछि सम्भवतः पहिलो पटक रामचन्द्र मण्डल सभामुखको रुपमा बैठकमा सहभागी हुने छन् ।



