२०८२ मंसिर १७, बुधबार १७:१८

जनमत पार्टी छोडेकाहरूले गठन गरेको ‘जनस्वराज’ पार्टीलाई अदालतले मान्यता नदिएपछि नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्ता गरिएको छ ।

दीपक कुमार साहको नेतृत्वमा ‘सर्वोदय’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गरिएको हो ।

जनमतका उपाध्यक्ष एवं अनुशासन समिति संयोजक समेत रहेका साहलाई जनमतले अनुशासनको कारबाही गरेपछि जनस्वराज पार्टी गठन गरेका थिए ।

जनमतले कारबाही गरेका र उक्त पार्टी परित्याग गरेकाहरूले गठन गरेको दललाई मान्यता नदिन माग गर्दै जनमतका अध्यक्ष डा. सिके राउत अदालत गएका थिए । अदालतले जनस्वराजलाई मान्यता दिएन ।

अदालतले मान्यता नदिएपछि साहले पार्टीको नाम परिवर्तन गरेर निर्वाचन आयोगमा सर्वोदय पार्टीको नामबाट दल दर्ता गरेका हुन् ।

नवगठित सर्वोदय पार्टीको अध्यक्ष साह नै छन् भने चुनाव चिह्न ‘मकैको घोगा’ राखिएको छ ।

Comment


Related News

Latest News

Trending News