२०८२ मंसिर १८, बिहीबार ०८:३९

रौतहटमा जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २३ र २४ गतेका दिन चलेको उक्त आन्दोलन हिंसात्मक मोड लिएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर र त्यहाँका सवारीसाधनमा ठूलो क्षति पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार पक्राउ पर्नेहरूमा चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दिपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरिनारायण चौधरी छन्। उनीहरूलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।

दुवैजनामाथि ‘अपराधिक उपद्रव’ मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरू र उनका भूमिका बारे पनि थप छानबिन भइरहेको प्रवक्ता वस्यालले बताए।

जेन–जी आन्दोलनका नाममा भदौ २४ गते गौर, गरुडा, चन्द्रपुर, कटहरिया, फतुवा विजयरपुरलगायत स्थानमा भएका तोडफोड र आगजनीका घटनाले करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News