२०८२ मंसिर १८, बिहीबार १८:४९

नेपालको राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र दीर्घकालीन नेतृत्वका सवालमा जब–जब बहस हुन्छ, तब– तब एउटा प्रश्न बलियो रूपमा उठ्छ किन नेकपा (एमाले) नै चौतर्फी आक्रमणको केन्द्रमा पर्छ? किन देशी–विदेशी शक्ति समूहहरू, दूतावासहरू, NG)-INGO, स्वतन्त्र नामबाट परिचालित एजेण्ट, नागरिक समाजको एक वर्ग, ठूला गैरराजनीतिक अभियानकर्ताहरू, सामाजिक सञ्जालका ट्रोल नेटवर्क र अन्य राजनीतिक दलहरू सबैको निशानामा अक्सर एमाले नै देखिन्छ? यो मात्र भावनात्मक प्रश्न होइन; यसभित्र गहिरो सत्ता राजनीतिक यथार्थ, भू–राजनीति, शक्ति–सन्तुलन, आर्थिक कूटनीति, विचारधारात्मक प्रतिस्पर्धा र नेतृत्व मनोविज्ञान मिसिएको छ । त्यसमाथि, अहिलेको जेन–जी आन्दोलन, फेक–न्यूज, मनोवैज्ञानिक युद्ध , डिजिटल प्रोपागान्डा र विदेश– आधारित नेटवर्कको हस्तक्षेपले यो प्रश्न अझ जटिल बनेको छ । तसर्थ, यस लेखमा हामी किन एमालेमाथि नै चौतर्फी प्रहार हुन्छ? किन विशेषतः केपी ओली नै निशानामा पर्छन् ? पार्टीभित्रबाटै प्रहार किन हुन्छ ? किन विदेशी हस्तक्षेपका लागि नेपाल प्रयोगशाला हुन्छ ? NGO-INGO ले नेपालमा ‘Regime Change’ शैलीको खेल किन चलाउँछन् ? यी सबै प्रश्नलाई तार्किक, तथ्यपरक, गहिरो र समसामयिक दृष्टिले विश्लेषण गर्नेछौँ ।

एमालेमाथि चौतर्फी आक्रमण हुनुका मूल कारण

नेपालको शक्ति–राजनीतिक इतिहास हेर्दा तीन विन्दु अत्यन्त निर्णायक देखिन्छन् राष्ट्रियता र स्वाधीनता सम्बन्धी एमालेको कठोर नीति, राजनीतिक स्थिरता र ‘Strong Executive Leadership’ को मोडल अनि आर्थिक कूटनीति र भारत–चीन सन्तुलनको वास्तविक अभ्यास । यी तीन तत्व कुनै पनि बाह्य शक्ति वा आन्तरिक सत्ता समूहका लागि सहज कुरा होइन ।

– राष्ट्रियता र स्वाधीनतालाई सस्तोमा बेच्न नचाहने पार्टी एमालेले विशेषतः ओली नेतृत्वमा कडा राष्ट्रियता, सीमासम्बन्धी कूटनीति, आर्थिक स्वाधीनता र विदेशनीतिमा Non–Aligned but Assertive’ मॉडेल अपनाउँछ, जसले धेरैलाई असहज बनाउँछ । उदाहरण नाकाबन्दीको प्रतिरोध, नक्सा अद्यावधिक, भारत–चीन दुवैसँग रणनीतिक समान दूरी,MCC, SPP, BRI  जस्ता मुद्दामा सन्तुलित तर स्वतन्त्र निर्णय यी सबैले एकै पटक भारत, चीन, पश्चिम शक्तिहरू र आन्तरिक एनजीओ जगत सबैलाई आफ्नो–आफ्नो तरिकाले असन्तुष्ट बनाउँछन् ।

– दीर्घकालीन शक्ति–स्थिरता कसैलाई मन पर्दैन । नेपालमा सधैँ “अस्थिरता” नै केही समूहहरू एलिट वर्ग, ठूला ठेकेदार सञ्जाल, एनजीओ उद्योग, विदेशी कूटनीतिक सर्कल, वैदेशिक खुफिया नेटवर्क, फेक–न्यूज उद्योगको जीविकाको आधार रह्यो । अस्थिरता रहेन भने अनुदानको पैसा घट्छ, प्रोजेक्ट बन्द हुन्छ, दलाल नेताहरूको ‘Brokerage Income’ हराउँछ, दूतावासको हस्तक्षेप सीमित हुन्छ । ओलीले स्थिरता, शक्ति–केन्द्रिक नेतृत्व र राष्ट्रिय प्रतिष्ठालाई प्राथमिकता दिने भएकाले अस्थिरता–उद्योग एकजुट भएर उनीमाथि लडाइँ चलाउँछन् ।

– वाम सुधारणावादी राष्ट्रवादी मोडेल ख्क. ग्लोबल एजेन्डा देखिन्छ । एमालेले “वाम सुधारवादी राष्ट्रवादी मोडेल” अपनाउँछ । समाजवाद–उन्मुख अर्थव्यवस्था, राष्ट्रिय उद्योग संरक्षण, विदेशमा निर्भरता घटाउने, ठूलो संरचनागत विकास, शिक्षा–स्वास्थ्यमा राज्यको भूमिकामा जोड गर्छ तर ग्लोबल एजेन्डाले खुला बजार, निजीकरण, साना मुलुकलाई ‘Project State’ बनाउने, NGO मार्फत नीतिनियन्त्रण, राजनीतिक अस्थिरता मार्फत हस्तक्षेप चाहान्छ । यी दुई एजेन्डा आपसैमा ठोक्किन्छन् । तसर्थ, एमाले स्वभाविक रूपमा धेरै विदेशी शक्तिका लागि अप्रिय बन्छ, बाधा बन्छ ।

केपी ओली नै निशानामा किन ?

एमालेभित्र वा बाहिर कोही मानोस् वा नमानोस् तर एउटा तथ्य इनकार गर्न सकिँदैन । नेपालमा आजसम्म सर्वाधिक एजेन्डा सेटर नेता केपी ओली नै हुन् । यही कारण उनी ’Target of Interest’ बनेका छन् । ओली ‘Narrative Dominance’ भएको एक्ला नेता मानिन्छन । ओलीले राजनीति, राष्ट्रवाद, विकास, कूटनीति, पार्टी–संगठन सबै क्षेत्रमा ‘Narrative Dominance’ कायम गर्छन् । नेतृत्वलाई दमन गर्न चाहने आन्तरिक–बाह्य शक्तिहरूको पहिलो लक्ष्य नै यस्तो नेता हुन्छ । अर्को कुरा “Strong Leader“ को लेबल नै खतरा ठानिन्छ । नेपालमा जसले शक्ति–स्थिरता ल्याउँछ, उसैलाई हटाइन्छ । ओली लोकप्रिय, कार्यकर्ता–आधारित, ठूला निर्णय लिने, जोखिम उठाउने, विदेशसँग टेबुलमै टक्कर गर्न सक्ने नेता भएकाले दूतावासहरू, विदेशी शक्ति–समूह, राजनीतिक दलालहरू सबैका लागि ‘Risk Factor’ हुन् । अनि चीन– भारत–अमेरिका त्रिकोणमा असहज नेता पनि ओलीलाइ मानिन्छ । ओली भारतको दबाब मान्दैनन्, चीनको एजेन्ट पनि होइनन्, अमेरिकाको निर्देशन कडाईका साथ खेलाउँछन् यस किसिमको स्वतन्त्रता कुनै पनि शक्तिलाई मन पर्दैन । त्यसैले उनी “Controlled Leadership” को ढाँचामा कहिल्यै फिट हुँदैनन् ।

‘Digital Assassination’ को सबैभन्दा ठूलो सिकार

सामाजिक सञ्जालमा ट्रोल–फार्म, फेक–न्यूज नेटवर्क, भ्रामक भिडियो, कट–पेस्ट भाषण, एडिट गरिएको फुटेज, मनोवैज्ञानिक अपरेटर्सहरू एउटै उद्देश्यले सक्रिय छन् त्यो हो ओलीको चरीत्र हत्या गर्ने । किनकि लोकप्रिय छवि बिगार्न नसके, एमालेलाई पनि अस्थिर बनाउन सकिँदैन उनिहरूले यो बुजेका छन । जनताले एमाले माथी यसरी गरिएको अक्रमण बुज्न जरुरी छ ।

पार्टीभित्रबाटै प्रहार को–कोबाट हुन्छ? किन हुन्छ?

राजनीतिक दलभित्र तीन प्रकारका समूह हुन्छन् । सिद्धान्तवादी र पार्टी–निष्ठ अनुशासित समूह, हित–समूहसँग जोडिएको अवसरवादी समूह, एजेण्ट–ग्रुप Foreign–linked Influence Network) एमाले पनि यसको अपवाद छैन । अवसरवादीहरूलाइ ओलीको शक्तिशाली नेतृत्वले व्यक्तिगत महत्वाकांक्षा, पदको लालसा, आर्थिक स्वार्थ, बाह्य स्रोतसँगको सम्बन्ध यी सबैमा चुनौती दिन्छ । त्यसैले अवसरवादीहरूले फुट, असहमति, असन्तुष्टि, गुटबन्दी द्वारा पार्टी भित्रैबाट प्रहार गर्छन् । अनि विदेशी प्रभावमा चल्नेहरू ‘Invisible Cadre’ जो प्रधानमन्त्री, मन्त्री वा उच्च नेता नबने पनि विदेशी कूटनीतिक सञ्जालले “Infiltration Cadre” बनाइदिन्छ । यस्ता क्याडर पार्टी फुटाउने, गलत सूचनाले नेतृत्वलाई भ्रममा पार्ने, निर्णय प्रस्तावित चरणमै रोक्ने, गलत एजेन्डा सेट गर्ने काममा सक्रिय हुन्छन् । भने अर्को व्यक्तिगत मतलव र असन्तुष्ट देखिएका समुह जो परीभाषित काम कम गर्ने, अनुशासनमा नवस्ने, भ्रष्टाचारमा अबसर खोज्ने, स्वार्थ–संस्कृतिमा रमाउनेहरूको पार्टीभित्र केही Resentment Cluster बनिन्छ । यही समूह धेरै जसो समयमा बाहिरी अन्य शक्ति–समूहसँग मिलेर ओलीमाथि आक्रमण गर्छ ।

अन्य सबै पार्टीहरूले एमालेलाई नै किन आक्रमण गर्छन्?

कारण एक वाक्यमा भन्दा एमाले नै उनीहरूको अस्तित्वगत प्रतिद्वन्द्वी हो । एमाले नै ‘Central Vote Bank Disruptor’ देखिन्छ अन्य पार्टीहरू काङ्ग्रेस लगायत स्वतन्त्रहरू सबैका आधार मतदातालाई खतरामा पुर्याउने पार्टी एमाले नै हो । नेपालमा सबैभन्दा बलियो एमालेको संगठनात्मक क्षमता देखिन्छ । गाउँ–वडा, टोल–क्याडर, विद्यार्थी संगठन, युवा संगठन, महिला संगठन लगायत २४ वटा जनवर्गीय संगठन सबैमा एमालेमा छ । संगठन बलियो भएमा सत्ता टिक्छ । त्यसैले अन्य पार्टीहरूले आक्रमण नै गर्दा क्षति एमालेकै हुन सक्छ भन्ने सोचले योजनाबद्ध आक्रमण गर्छन् । वैचारिक प्रतिद्वन्द्वीका रूपमा एमाले राष्ट्रवादी, समाजवादी, विकास–केन्द्रित, कूटनीतिमा आत्मविश्वासी देख्छन र अन्य पार्टीहरू यस्तो मोडलमा फस्न चाहँदैनन् । त्यसैले वैचारिक विरोध स्वाभाविक रूपमा प्रहारमा परिणत हुन्छ ।

नागरिक समाज, एनजीओ–आइएनजीओ, दूतावास र विदेश–आधारित एजेन्टहरूको आक्रमण किन?

नेपालमा NGO–INGO क्षेत्र राजनीतिक मात्र होइन ‘ Policy Engineering Industry’ हो । यी संस्थाहरू शासन पद्धति, कानून, शिक्षा नीति, नागरिक एजेन्डा, आन्दोलन, कूटनीतिक सम्बन्ध सबैमा प्रत्यक्ष तथा परोक्ष प्रभाव राख्छन् । विदेशी अनुदानको आधारले नै वाम राष्ट्रवाद कमजोर बनाउछ । एमाले–ओली मोडेलले विदेश निर्भरता घटाउने, राष्ट्रिय उद्योग बढाउने, अनुदान होइन लगानी खोज्ने, NGO–आधारित शासन प्रणाली अस्वीकार गर्ने लगायतका कुराले NGO–INGO नेटवर्क उत्पादकहरू असहज हुन्छन् भन्ने मान्यता राख्दछ । भने अर्को ‘ Regime Influence Model चलाउने दूतावासहरू । साना मुलुकमा दूतावासले सरकार बनाउने, सरकार गिराउने, विभिन्न प्रोपागान्डा चलाउने, नागरिक आन्दोलन चलाउने संस्कृति विकास गरिसकेका छन् । नेपाल पनि त्यसैको प्रयोगशाला हो । र एमाले विशेषतः ओली यस्तो हस्तक्षेप सहजै स्वीकार नगर्ने भएकाले दूतावासहरूलाई ‘Pivotal Obstacle’ देखिन्छ । त्यस्तै ‘PSYOPSÚ -psychological
operations) मार्फत सामाजिक सञ्जालमा प्रहार गरिन्छ । फेसबुक, टिकटक, युट्युबमा वैदेशिक नेटवर्कबाट चल्ने, काठमाडौं–केन्द्रित, युवावर्ग लक्षित, Paid Narrative Campaign सक्रिय छ यी सबैको मुख्य निशाना ओली र एमाले नै देखिन्छ । किनकि राष्ट्रियतामा आधारित राजनीतिक नेतृत्व विदेशी हस्तक्षेपका लागि सबैभन्दा ठूलो बाधा हुन्छ । जुन डलरखेतीले चुल्हो चलाइरहेकाहरूले ढिलो बुज्नेछन ।

जेन–जी आन्दोलन र एमाले–विरोधी प्रवृत्ति

जेन–जी आन्दोलन स्वतन्त्र, स्वतःस्फूर्त, डिजिटल नेटीभ जस्तो देखिए पनि यसलाई ‘Hijackable Moment’ भनेर हेर्ने ठूलो शक्ति–समूहहरू सक्रिय छन् । युवा आन्दोलनलाई प्रयोग गर्ने रणनीति प्रस्ट देखियो । भनिन्छ “Youth Discontent is the best entry point for
political change” यही कारण, जेन–जी आन्दोलनमा फेक–न्यूज, राष्ट्रवाद–विरोध, संगठन–विरोध, दूतावास– निकट आवाज, एनजीओ एक्टिभिस्ट सक्रिय रूपमा घुसेका छन् । जेन–जी आन्दोलनको उभारले सबैभन्दा बढी चुनौतितर्फ फर्काएको पार्टी एमाले हो । किनकि एमालेको संगठन बलियो छ, युवा–आधार ठूलो छ, डिजिटल Narrative Dominance UMLले नै बनाउँछ त्यसैले त्यो प्रभाव तोड्न जेन–जी आन्दोलनलाई UM विरोधी दिशातिर मोड्न खोजिएको देखिन्छ र एमाले नै ‘ Prime Target’ बन्छ ।

नेपाल किन “Geopolitical Laboratory” बनाइन्छ?

नेपालको भूगोल चीन–भारत संवेदनशील सीमाना, US Indo–Pacific Strategy, BRI–South, Asian
Gateway, Tibetan Plateau Security, Himalayan Water Resources यी सबै कारणले नेपाल भू–राजनीतिक प्रयोगशाला नै बन्छ । भारतको मूल एजेन्डामाNepal as Buffer, Border Management, Water Control, Security Consent देखिन्छ । तर एमाले सन्तुलित कूटनीति अपनाउँछ, जुन “India First” मोडेललाई असहज पार्छ । भने चीनको प्राथमिकता BRI Access, Tibet Security,
Indian Influence Counterbalance मा देखिन्छ जसमा एमाले तुलनात्मक रूपमा अनुकूल देखिन्छ । तर चीनको पनि एमाले ‘Pocket Party’ बन्न चाहँदैन । यही असन्तुलनले दुवैतर्फ दबाब पैदा गर्छ । अमेरिकाले IP Strategy, Security Alignment, Political Influence मा एमालेलाई पूर्ण रूपमा आफ्नो लाइनमा नआएको देख्छ । त्यसैले एमाले ‘Potential Obstacle’ देखिन्छ । यही कारण नेपालमा विदेशी शक्ति–सन्तुलनको टकराव एमालेको वरिपरि केन्द्रित हुन्छ ।

फेक–न्यूज UML र ओलीमाथि किन बढी प्रयोग हुन्छ?

फेक–न्यूजको तीन उद्देश्य हुन्छ । क्यारेक्टर अससिनेशन चरित्र हत्या गर्ने , जनमत विचलित पार्ने र पार्टीभित्र अविश्वास पैदा गर्ने यी तीनवटै उद्देश्य एकै पटक एमाले र ओलीमाथि लागू हुन्छ किनभने उनीहरू नै ‘Primary Political Threat ’ हुन् । अनि फेक–न्यूज उद्योगको लक्ष्य सबभन्दा बलियो, सबभन्दा लोकप्रिय, सबभन्दा स्थिर, सबभन्दा राष्ट्रवादी नेता तथा पार्टी नै ध्वस्त पार्ने हुन्छ । नेपालमा त्यो एमाले र ओली हुन् । एमालेका संरचना बलिया छन्, तर डिजिटल Narrative Management मा तुलनात्मक रूपमा कमजोर देखियो र ट्रोल–फार्म, माइक्रो–इन्फ्लुएन्सर, NGO नेटवर्क सक्रिय भए स्पेस पाए । जसको कारण राजनीतिक अस्थिरता, राष्ट्रवाद कमजोर, स्वाधीनता जोखिममा, विदेशी निर्भरता बढ्ने, युवा समाज भ्रमित पार्ने, सामाजिक विभाजन हुने जस्ता नेपाली जनतामा समाजमा असर देखिन्छ । यदि समयमै बुज्न पर्छ सबैले एमाले जस्ता राष्ट्रवादी शक्ति कमजोर पारियो भने देश–निर्माण नै अधुरो रहन्छ र देश संधै अस्थीर रहिरहन्छ ।

निष्कर्ष

एमाले र ओली माथिको चौतर्फी प्रहार कुनै संयोग होइन यो योजनाबद्ध शक्ति राजनीतिक रणनीति हो । संक्षेपमा नेकपा एमाले र केपी ओलीमाथि हुने प्रहार देशी, विदेशी, राजनीतिक, गैरराजनीतिक, डिजिटल, मनोवैज्ञानिक, कूटनीतिक सबैको संयुक्त–चैतर्फी आक्रमण हो । किनकि एमाले राष्ट्रियता, शक्ति–स्थिरता, स्वतन्त्र विदेशनीति, आर्थिक स्वावलम्बन, नेतृत्व क्षमता जस्ता तत्वहरूको प्रतिनिधि शक्ति हो । यही कारण एमाले नेपालको शक्ति–राजनीतिक खेलमा सबैका लागि बाधा, तर जनताका लागि विकल्प बनेर देखा पर्छ ।

Comment


Related News

Latest News

Trending News