२०८२ मंसिर १९, शुक्रबार २०:२२

जनकपुर बोल्टस नेपाल प्रिमियर लिगबाट बाहिरिएको छ भने जनकपुरविरुद्ध महत्त्वपूर्ण जित निकाल्दै रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा आफूलाई सुरक्षित राखेको छ।

लुम्बिनीले जनकपुरविरुद्ध ४ विकेटको जित हात पारेको हो। हारसँगै जनकपुर नेपाल प्रिमियर लिगबाट बाहिरिएको छ। यसअघि कर्णाली याक्स बाहिरिसकेको छ भने पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि सम्भावना सकिएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले २०औँ ओभरको पहिलो बलमा पूरा गरेको हो। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो।

जनकपुरविरुद्ध १३३ रन पछ्याउने क्रममा लुम्बिनीका सुमित महर्जन गोल्डेन डकआउट हुनपुगे। त्यसपछि आएका डार्सी शर्टले ३० रन जोडे। उनले २४ बलमा दुई छक्का र एक चौका प्रहार गरे। उनलाई कुरेले एलबीडब्लु धरापमा पारे। निरोशन डिकवेलालाई सञ्जय कृष्णमूर्तिले एलबीडब्लु धरापमा पारे। उनले २० बलमा १७ रन जोडे।

त्यसैगरी कप्तान रोहित पौडेलले ३२ बलमा ३४ रन हान्दा आशा गरिएका ब्याट्सम्यान सन्दिप जोराले पहिलो बल नै थेग्न सकेनन्। लुम्बिनीका लागि जेजे स्मितले २१ रनको योगदान गरे। रुबेन ट्रम्पलम्यान र दिलिप नाथले क्रमशः ६ र १५ रन बनाए।

बलिङतर्फ संगीत कुरेले ३, सञ्जय कृष्णमूर्तिले १, अनिल साह ०, माज सदाकत ०, सचिन भट ०, मायान यादव २ र आदित्य महतले ० विकेट लिए। जनकपुरले ११ अतिरिक्त रन दिएको थियो।

Comment


Related News

Latest News

Trending News