२०८२ मंसिर २२, सोमबार ०७:३५

स्वास्थ्य सेवाका लागि अत्यावश्यक रहेको एम्बुलेन्सबाटै लागूऔषध ओसार पसार भएको रहस्य सार्वजनिक भएको छ ।

लागूऔषध गाँजा ओसारपसारका लागि बिरामी बोक्ने एम्बुलेन्स प्रयोग हुने गरेको देखिएपछि मानव स्वास्थ्यको संवेदनशीलतामाथि नै प्रहार भएको छ ।

सर्लाही प्रहरीले हरिवनबाट लागूऔषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यसको ओसारपसारमा एम्बुलेन्स प्रयोग भएको खुलेको छ । हरिवन नगरपालिका–५ को घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्सको पछाडिपट्टीको भागमा बोराभित्र लुकाइराखिएको ५१ किलो ५ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको उक्त एम्बुलेन्समा राखेर गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ स्थित सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पक्राउ गरिएको छ । बरामद गाँजाबारे अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News