२०८२ मंसिर २२, सोमबार १२:२५
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ ।
आज चाँदी २० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय पाँच रुपैयाँ थियो ।


