अपडेट 
२०७७ बैशाख १८, बिहीबार २०:३२

सुरेन्द्र महतो (जोहरबारु,मलेशिया) । हेल्प मधेसी संस्था मलेसियाका शाखा बातुपहात समिति द्वारा महोत्तरीमा जिल्लामा भएका अन्धो ,अपाङ्ग  जस्ता बिपन्न परिबारहरु लाई जम्मा  ६ ,घरधुरी लाई खाद्यान्न सामाग्रीहरु  नेरु :- ११००० /- को  प्याकेज बनाई वितरण गरेकाछ्न ।

प्रदेश  २ का   महोत्तरी,  राम गोपालपुर ७ हरिनमरि गाउँ  मा बसोबास गर्दै आइरहेको  अन्धो परिबार बाट गोपाल खत्बे  ,अपाङ्ग  परिबार बाट सुनेखा देबि खत्बे जस्तै बिपन्न परिबार हरु  ,चन्देश्वर मंडल ,फेक्न मण्डल खत्बे , सुन्दरकला देबि मण्डल, भर्भरि देबि जस्ता जम्मा ६ जना परिबारहरु  लाई हेल्प मधेसी मलेसियाका  बातुपहात शाखामा  रहेका पदाअधिकारीज्यु हरु  द्वारा अप्रिल ३० तारिक आज बिहिवार  दिउसो ३ बजे तिर  विभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग  भएका छ्न ।

 जम्मा ६ जना घरधुरी एकमुस्ट सहयोग सामाग्रीहरु निम्न बमोजिम  ।१:- चाबल -९० के.जि  ( प्रती परिबार १५ के.जि)२:-दाल   :- १२ के.जि. ( प्रती परिबार २ के.जि.)३:-नुन    :- ६ प्याकेट   ( प्रती परिबार १ प्याकेट)४:-तेल   :- ६ के.जि.     (प्रती परिबार १ के.जि )५:प्याज :- १२ के.जि.   ( प्रती परिबार २ के.जि.)६:आलु :- १८ के.जि     ( प्रती परिबार  ३ के जि )७ सोयाबिन :- ६ प्याकेट ( प्रती परिबार १ प्याकेट)       यस सहयोग  सम्बन्ध बारे ल हेल्प मधेसी मलेसिया  बातुपहात का संयोजक   रमेश कुमार यादब  ज्यु ले जनकारी गराएका छ्न ।

अहिले को २१ शताब्दीमा मानबता , सहयोग , सद्भाव बिर्सिदै गईरहेका समयमा “हेल्प मधेसी” नामक संस्थाले ठुलो पाठ सिकाउदै आइरहेका छन् । हेल्प मधेसीका सदस्य हरु देश ,बिदेश मा भएर पनि  आफ्नो महिना को तलब बाट केही पैसा संस्था मा जम्मा गरि आफ्ना देशमा आफ्नो  गाउँ ठाउँमा भएका गरिब दलित , असाय , निसाय , बिपन्न घर परिबार हरु लाई सहयोग र  उहाँ हरु बारेमा चिन्ता जचाउदै आइरहेका छन । नेपाल मा रहेको हेल्प मधेसी सक्रिय सदस्य    राजेश कुमार यादब त्यसैगरी स्थानिय युवा सुशिल ज्यु ले  यी सामाग्रीहरु पिडित हरु को घरमै गइ हस्तान्तरण गरेका  थिए । र उहाँहरुको स्वछा अनुसार नै भिडियो खिचेएको थियो ।  

Comment


Related News

Latest News

Trending News