२०८२ मंसिर २३, मंगलवार ०७:३८

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म वर्तमान सातदलीय गठबन्धन कायम रहने दाबी गरेका छन् ।

रौतहटको गौरमा नेपाली कांग्रेसले आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा उनले गठबन्धन सरकार स्थिर र गठबन्धन कायम रहने दाबी गरे । मुख्यमन्त्री यादवले दलहरूबीच भएका समझदारी र निरन्तरको सहमतिका कारण गठबन्धन आगामी निर्वाचनसम्म एकताबद्ध रहने भन्दै गठबन्धनकै आपसी छलफल र सहकार्यको आधारमा मन्त्रिपरिषद् विस्तार गरिने स्पष्ट पारे । उनले प्रदेश शासनमा सुधार ल्याउने, दीर्घकालदेखि जारी बेथिति र अनियमितताहरूलाई अन्त्य गर्ने तथा सुशासन स्थापना गर्न आफू कटिबद्ध रहेको बताए ।

प्रदेशमा रहेका बेथितिहरू हटाएर सुशासन कायम गर्नु मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘प्रदेश विकासका सबै चुनौतीहरूलाई सामना गर्दै अघि बढ्छु ।’ यादवले मधेशमा विगतदेखि देखिएका संरचनागत समस्या, ढिलो भएका विकास योजनाहरू तथा अन्य प्रशासनिक अवरोधलाई हटाउँदै कामलाई द्रूत गतिमा अघि बढाइने उल्लेख गरे । उनले शिक्षा, स्वास्थ्य र कृषि—यी तीन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर प्रदेश सरकारले कार्ययोजना अघि बढाउनेछ ।

Comment


Related News

Latest News

Trending News