२०८२ मंसिर २५, बिहीबार ०७:३५

गरिमा विकास बैंकले ठगीको आरोप लगाउँदै एकजना पीडितले आत्मदाहको प्रयास गरेका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ स्थित कामदका नथुनी मुखिया बिनले बुधबार शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन् । बैंकको अधिकारीसंग छलफल गर्न जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेका पीडित बिनले प्रहरी परिसरमै जीउमा पेट्रोल छर्केर आगो लगाइ आत्मदाहको प्रयास गरेका थिए ।

वित्तीय संस्थाले उल्टै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी गरेपछि बैंकसंग छलफल गर्न पीडित समूह जिल्ला प्रहरी कार्यालय अगाडि पीीडत बिनले आगो लगाउन प्रयास गरेको छ । पीडित बिनले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि प्रहरी र स्थानीयको सहयोगमा बिनको हातको लाईटर खोसिए पछि कुनै अप्रिय घटना हुनबाट झण्डै जोगिएको थियो

गरिमा विकास बैंकका कर्मचारीले ५ करोड रुपैयाँ ऋण दिन्छु भन्दै आफूलाई डेढ करोड रुपैयाँ बैंकले लिलाम सकार गराएको पीडित बिनले बताए । उनले भने, ‘आजभोली गर्दागर्दै विगत अढाइ वर्ष देखि न त ऋण नै्र दियो न त लिलाम सकार गरेको जग्गा नै भोग गर्न पाए ।’ राष्ट्र बैंक समेतमा उजुरी गर्दा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

बैंकका कारण आफ्नो व्यवसायसमेत चौपट भएपछि आफूलाई मर्ने बाहेक केही बाकी नरहेको पीडित बिनले दुखेसो पोखे । जिल्ला प्रहरी र प्रशासनमा हार गुहार गरे पनि कुनै कारबाही नभएपछि आफूले आत्मदाहको प्रयास गरेको पीडित बिनको भनाइ छ । विगत ४ वर्ष देखि न्यायको लागि आफूहरु संघर्षरत रहेको बैंकबाट ठगीमा परेका अर्का पीडित फेकन राय बताउँछन् ।

आफूसहित दर्जनौँ पीडित गरिमा विकास बैंकबाट ठगिए पछि प्रहरीमा पटकपटक उजुरी गरे पनि हालसम्म आफूहरुले न्याय नपाएको रायले सुनाए । ३० लाख रुपैयाँ ऋण रकम स्वीकृत भए पनि आफूले मात्र १ लाख ५० हजार रुपैयाँ पाएको र बाँकीको रकम बैंकका प्रबन्धकले गोलमाल गरेको उनको आरोप छ ।

ऋण लिन पुगेका आफूलाई पनि बैंकले ठगी गरेको अर्का पीडित सर्लाहीका दिनेश राय बताउँछन । ऋण स्वीकृत गरी जग्गा रोका गरे पनि आफूले पैसा नपाएको उनको गुनासो छ । पैसा नपाए पनि रोका गरिएको जग्गा लिलाम गर्ने बैंकबाट बारम्बार धम्की आएको उनको कथन थियो । राज्यले न्याय नदिदा आफू मर्नु न बाच्नु भएको उनले दुखेसो पोखे ।

ऋण रकम बुझाइसके पनि आफूहरुको जग्गा फुकुवा नगरेको अर्का पीडितले बताए । पटकपटक रकम बुझाए पनि बैंकका म्यानेजर बैंकको स्टेटमेन्टमा नचढाएको र उल्टै पैसा नबुझाएको भन्दै डर, त्रास र धाकधम्की दिने गरेको ऋणीहरु बताउँछन् । आफूहरुले न्याय नपाए गरिमा विकास बैंकबाट पीडित सम्पूर्ण ऋण्ािहरुले सामूहिक रुपमा आत्मदाह गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

स्थानीयले गरिमा विकास बैंकले ऋण दिने भनी आफूहरुलाई झुक्याएर जग्गाधनी प्रमाणपूर्जा र अन्य विभिन्न कागजात लिएर ऋण दिँदै नदिइ घर, जग्गा नै लिलाम गरिदिएको गुनासो लामो समयदेखि गर्दै आइरहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवले गरिमा विकास बैंक मलंगवा शाखाका प्रवन्धकसहितलाई राखेर छलफल गराउने तयारी गरे पनि केही मानिसको एक समूह कार्यालयमा प्रवेश गरी पीीडत मुखियाले अचानक शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको जानकारी दिए ।

उनका अनुसार ऋणीहरुबाट नै आफूहरु असुरक्षित रहेको भन्दै गरिमा विकास बैंकको मलंगवा शाखाले निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट समेत केही मानिसहरुबाट प्राप्त गुनासोबारे छलफल गराउन र बैंकका कर्मचारीलाई सुरक्षा प्रदान गर्नु भनी पत्र प्राप्त भएको इन्स्पेक्टर यादवले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले घटना सम्बन्धी आवश्यक अनुसन्धान गरी दोषी उपर कडा कारवाही गरिने जनाउनु भएको छ । गरिमा विकास बंैकले ऋणी तथा खाताधारीहरुको रकम पटकपटक अपचलन गरेको आरोप सेवाग्राहीहरुले लगाउँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News