२०८२ मंसिर २६, शुक्रबार ०७:३८

सत्तारुढ सात दलीय गठबन्धनको बैठक शुक्रबार बस्ने भएको छ ।

मधेश प्रदेश सरकारको विस्तारदेखि विश्वासको मतसम्मका विषयवस्तुमा छलफलका लागि शुक्रबार मधेश भवनमा बैठक बस्ने भएको छ । कृष्णप्रसाद यादव सरकार गठन भएको एक साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार र विश्वासको मत लिने दिन अझैसम्म पनि अनिर्णित रहेकाले सात दलीय गठबन्धनको बैठकमा छलफल हुने बताइएको छ ।

जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवले मुख्यमन्त्रीले विश्वासको मत लिने समयबारे छलफल हुने जानकारी दिए । उक्त बैठकबाट मन्त्रिमण्डल विस्तार, मन्त्रालयको जिम्मेवारी बाँडफाँड र विश्वासको मत लिने समयबारे अन्तिम टुंगो लाग्ने बताइन्छ । सात दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल रहेका छन् भने एक सिट रहेको नागरिक उन्मुक्ति पार्टीपनि गठबन्धनमा छ ।

Comment


Related News

Latest News

Trending News