२०८२ मंसिर २७, शनिबार १५:१५

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन मान्य नभएको बताएका छन्।

भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको एघरौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्नेमा जोड दिएका हुन्। ‘प्रतिनिधि सभाको विघटन हामीलाई मान्य छैन,’ उनले भने।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठका कारण थप क्षति नहोस् भनेर प्रधानमन्त्रीबाट राजीनामा दिएको उनको भनाइ थियो। ‘थप क्षति नहोस् भनेर राजीनामा दिए,’ उनले भने, ‘काम चलाउ प्रधानमन्त्रीको हिसाले बाटो देखाएको थिए।’

तर, त्यसमा टेकेर प्रतिनिधि सभा विघटन गरिएको उनको आरोप थियो। ‘अनधिकृत व्यक्तिबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरियो। प्रतिनिधि सभा विघटन असंवैधानिक हो,’ ओलीले भने, ‘प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ।’

Comment

Related News

Latest News

Trending News