२०८२ मंसिर २८, आईतवार ०७:१५

आसन्न आम निर्वाचनः जेन–जी युवा र महिलाको सहभागिता अन्तरक्रिया कार्यक्रममा एमालेका एक नेतृले जेन–जी आन्दोलनबारे गलत मनसायले अभिव्यक्ति दिएको भन्दै जेन–जी समूहका युवाहरु आक्रोशित भएका छन् ।

जनकपुरधाममा शनिबार राइट्स क्लिनिकको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको समन्वयमा भएको कार्यक्रममा एमाले नेतृसमेत रहेकी प्रदेश सांसद शारदा थापाले जेन–जी आन्दोलनको क्रममा भएको घटनाको कुनै पनि किसिमको जिम्मेवारी एमालेले नलिने भनेपछि युवाहरु आक्रोशित भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला भएको जेन– जी आन्दोलनको क्रममा घटित घटनाको जिम्मेवारी एमालेले नलिने सांसद थापाले भनेपछि सो कार्यक्रममा सहभागी भएका कुलदीप साहले आक्रोश पोख्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए । सांसद थापाले आपत्तिजनक अभिव्यक्ति दिएपछि युवा साहले एमाले–कांग्रेस नेतृत्वको सरकारले गरेको गलत क्रियाकलापका कारण जेन– जी विद्रोह भएकाले सो आन्दोलनबारे जथाभावी बोलेकोमा कालोमोसो दल्ने भन्दै आक्रोश व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News