२०८२ मंसिर २९, सोमबार १९:४०

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएको २०६९ मङ्सिर २५ गतेको निर्णय मगाउने आदेश गरेको छ ।

पतञ्जली जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सक्कल फाइल झिकाउने आदेश गरेको हो ।

पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । हदबन्दीभन्दा बढी जग्गा खरिद/बिक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानि/नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले मुद्दा दर्ता गरेको थियो ।

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

Comment


Related News

Latest News

Trending News