२०८२ पुष २, बुधबार ०७:३१

मधेश प्रदेश सभाको नयाँ सभामुखको चयन प्रक्रिया बुधवारदेखि शुरु हुने भएको छ ।

गठबन्धनको सहमति अनुसार बुधबार बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाइने कांग्रेसका प्रमुख सचेतक कुवरकान्त झाले जानकारी दिएका छन् । उनका अनुसार सभामुखको चयन प्रक्रिया पुस ५ गतेसम्म टुंगिनेछ । तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएको झन्डै एक महिना पछि नयाँ सभामुख चयन प्रक्रियाका लागि प्रदेश सभाको बैठक बस्ने लागेको हो ।

उपसभामुख बबिताकुमारी राउत ईशरले पुस २ गते बुधबार सर्वदलीय बैठक बस्ने जानकारी दिएकी छन् । एक महिनादेखि रिक्त रहेको स्थानमा सभामुख चयनका लागि निर्वाचन प्रक्रियासहित कसरी अगाडि बढने र प्रदेश सभाको नियमित बैठक सञ्चालनको सन्दर्भमा पनि छलफलका लागि बिहान ११ बजे आफूले सर्वदलीय बैठक बोलाएको उपसभामुख ईशरले जानकारी दिएकी छन् ।

पदीय अनुकूल आचरण नगरेको प्रस्तावमा ७ दलीय वर्तमान सत्ता गठबन्धनको दुई तिहाइ बहुमतले पारित भएपछि तात्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएको थियो । गएको मंसिर ३ उपसभामुख ईशरको अध्यक्षतामा बसेको बैठकले मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गर्दै मण्डललाई पदमुक्त गरेको थियो ।

Comment


Related News

Latest News

Trending News