२०८२ पुष २, बुधबार १५:०९
मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ ।
पुस ६ गते बस्ने प्रदेशसभा बैठकमार्फत निर्वाचन प्रक्रियाबाट सभामुख चयन गरिने उपसभामुख बबिता राउतले जानकारी दिएकी छन् ।
उनका अनुसार सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ ।


