२०८२ पुष २, बुधबार १८:२१

जनमत पार्टीका मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

बुधबार जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।

पार्टी प्रवेशपछि बोल्दै चौधरीले मधेसका मुद्दा, अधिकार र पहिचानको सङ्घर्षलाई संस्थागत रूपमा अगाडि बढाउन जसपा नेपाल नै उपयुक्त शक्ति भएकाले आफूले यो निर्णय लिएको बताए । उनले सङ्घीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै मिलेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

Comment


Related News

Latest News

Trending News