मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज २ जनाको उम्मेदवारी परेको छ ।
सात दलको तर्फबाट जसपाका रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका भने नेकपा एमालेकोतर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन् ।
जसपाका यादवको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र कुमार सिंह रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेका छन् । यादवले सात दलको समर्थनमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यता एमालेबाट उम्मेदवारी दिएका त्रिलोकी प्रसादको समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन् भने समर्थकमा शारदा देवी थापा रहेकी छन् ।
यस अघिका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएस उहाँ सभामुख पद मुक्त भएपछि प्रदेश सभाका सभामुख रिक्त रहेका थिए । सभामुख निर्वाचनको कार्यतालिका प्रदेश सभाले प्रकाशित गर्दै आइतबार सभामुखको चयन गर्ने कार्यक्रम रहेको छ ।



