२०८२ पुष ५, शनिबार १६:४१

नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था, उपलब्धि र चुनौतीहरूबारे छलफल गर्न एड्स हेल्थकेयर फाउन्डेसन नेपालले वीरगंजमा संचारकर्मिहरुसगं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा एचआईभि माथी कामगर्ने सरोकारवालाहरुले एचआईभी नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै तथ्यपरक र संवेदनशील सहयोगात्मक रिपोर्टिङमा जोड दिएका थिए ।

नेपालमा एचआईभी नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई थप प्रभावकारी बनाउन स्थानीय तह, नागरिक समाज र सञ्चारकर्मीबीच सहकार्य मजबुत बनाउनु पर्ने आवश्यकता औल्याइएको थियो ।

कार्यक्रममा एड्स हेल्थकेयर फाउन्डेशनका कार्यक्रम तथा बजार व्यवस्थापक राधेश्याम श्रेष्ठले देशको समग्र एचआईभी अवस्थाबारे बिस्तृत जानकारी गराउदै नेपालमा एचआईभी सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको अवस्था नरहेकाले बताउनु भयो ।उहाले एड्सबारे अझदीर्घकालीन रणनीतिसहितका कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सर्वेश शर्माका अनुसार आगामी दिनमा नयाँ एचआईभी संक्रमणको रोकथाम, सङ्क्रमितहरूको स्वास्थ्य परिणाममा सुधार, देशभरका ९५ प्रतिशत सङ्क्रमितको पहिचान, पहिचान भएका ९५ प्रतिशत सङ्क्रमितलाई उपचारमा जोड्नुका साथै आमाबाट बच्चामा हुने सङ्क्रमणको निवारण लगायतको कार्ययोजनामा आफुहरु लागेको बताउनु भयो ।

Comment


Related News