२०८२ पुष ६, आईतवार ११:३३

आज पनि सुनको मूल्य घटेको छ। शुक्रबार तोलामा दुई हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको हो।  सुनको मूल्य आज तोलाको एकसय रुपैयाँ घटेर दुई लाख ५८ हजार तीनसय रुपैयाँमा झरेको छ।

गएको शुक्रबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेर दुई लाख ५८ हजार चारसय रुपैयाँ कायम भएको थियो।  गएको मंसिर २९ गते सुनको मूल्य तोलाको दुई लाख ६० हजार सातसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

आज चाँदीको मूल्य भने बढेर आजसम्मकै महँगो बनेको छ। प्रतितोला एकसय रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको चार हजार एकसय पाँच रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढ्दै आएको छ।

Comment


Related News