पर्सा प्रहरीले ठुलोमात्रामा लागु बरामद गरेको । जिल्ला प्रहरी कार्यालय पर्साले लागु पर्दार्थ बिरुद्ध चलाएको अभियान अन्तर्गत बरामद गरिएको चरेसलाई ठुलो सफलताको रुपमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बरामद गरिएको चरेस सहित दुइजनालाई पक्राउ गरिएको जानकारी गराएको हो ।
वीरगन्जबाट प्रहरीले शनिबार राती २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरबाट शनिबार राति प्रहरीले एउटा मालवहक ट्रकबाट सो मात्राको चरेश बरामद गर्न सफल भएको हो ।
मकवानपुरबाट मालबाह ट्रकमा लागु पदार्थ आइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले चेकजाँच जर्दा उक्त चरेस बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताउनु भयो ।
प्रहरी उपरीक्षक पाठकका अनुसार, शनिबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर स्थित सडकमा सवारी साधनको चेकजाँच लागि प्रहरीको टोली खटिएको थियो । त्यसक्रममा मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको हो ।
चरेससंगै उक्त ट्रकका चालक र लाईपनि नियन्त्रणमा लिइएको उपरिक्षक पाठकले बताउनु भयो । मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथि फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको पर्सा प्रहरी जनाएको छ ।
चरेस बरामद भएपछि उक्त ट्रकसंगै त्यसका चालक मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ११ घर भएका २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार थाहा नगरपालिका वडा नम्बर ११ कै २१ वर्षीय नवराज लोलाईपनि नियन्त्रणमा लिएको छ ।



